४ भदौ २०८३, बिहिबार | August 21, 2026

सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण



भोजपुर । भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो ।

पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन गर्दै मानिसलाई खुुसी र आनन्दको वातावरण निर्माण गर्न कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षण आयोजक संस्था जीवन विज्ञानले जनाएको छ ।

कर्तव्यपालनका समयमा आउने समस्यालाई कसरी समाधान गरेर आफू खुसी रहने साथै तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको जीवन विज्ञानका प्रशिक्षक देवनाथसिंह बताए।“कर्तव्यपालनाको सिलसिलामा हामीलाई विभिन्न समस्या आउन सक्नछन्,” उनले भने, “हामीले त्यसलाई सहज व्यवस्थापन गर्न सक्यौँ भने त्यसले आनन्द प्राप्त हुन्छ ।”

मानव शरीरका पाँच ज्ञानेन्द्रियले पार्ने प्रभाव र त्यसबाट आउने सोचाइ तथा भोगाइलाई कसरी आफैँले विभिन्न क्रियाकलाप गरेर तनावलाई व्यवस्थापन गर्नेलगायत विषयमा जानकारी दिइएको जीवन विज्ञानका प्रशिक्षक टिपी बरालले बताए। खुसी विज्ञानअन्तर्गत तनाव व्यवस्थापन र खुसी प्राप्त गर्न सकिने विभिन्न विधिको विषयमा जानकारी दिइएको उनले बताए ।

जीवन विज्ञानले जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी र नयाँ श्रीनाथ गणका नेपाली सेना तथा निजामित कर्मचारीलाई खुसी विज्ञान तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिइएको हो । नियमित व्यायाम तथा प्रणायमले मानिसलाई स्वस्थ्य राख्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
rss

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : २७ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका