काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा बैठक बसिरहेको हो ।
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पछिल्लो राजनीतिक घटनाक्रममा बैठक केन्द्रीत रहेको छ ।
यसअघि, आइतबार एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको थियो ।
ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो बिहान पनि छलफल भएको थियो ।




















प्रतिक्रिया