१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

गाजा युद्ध ‘सभ्यताको अपमान’ : चिनियाँ विदेशमन्त्री



बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्याएका छन ।

“आजको २१ औँ शताब्दीमा यो मानवीय विपत्तिलाई रोक्न सकिँदैन भने यो मानवजातिका लागि त्रासदी र सभ्यताका लागि लज्जाजनक कुरा हो,” वाङले पत्रकारसँगको नियमित भेटमा भने ।

गत वर्षको अक्टोबरमा इजरायल र हमासबीच जारी युद्ध सुरु भएदेखि नै बेइजिङले तत्काल युद्धविरामको माग गर्दै आएको छ ।

चीनले ऐतिहासिक रूपमा प्यालेस्टिनी मुद्दाप्रति सहानुभूति राख्दै आएको छ र इजरायल-प्यालेस्टाइन द्वन्द्वको दुई-राज्य समाधानको समर्थन गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले द्वन्द्व समाधानका लागि ‘अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’ आह्वान गरेका छन ।

वाङले भने, “द्वन्द्व जारी राख्नुलाई कुनै पनि कारणले न्यायोचित ठहराउन सकिँदैन र मानिसहरूलाई निर्मम तरिकाले मार्नुलाई कुनै पनि बहानामा सही मान्न सकिँदैन ।”

उनले भने, “अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र शत्रुता अन्त्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ र मानवीय राहतलाई तत्काल नैतिक जिम्मेवारीको रूपमा सुनिश्चित गर्नुपर्दछ ।”

बेइजिङका उच्च कूटनीतिज्ञले प्यालेस्टिनी राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यतालाई चीनले समर्थन गर्ने बताएका छन ।

“हामी प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसङ्घको औपचारिक सदस्य बन्न समर्थन गर्छौं”, वाङले भने, “गाजामा भएको विपत्तिले प्यालेस्टाइनी भूमि लामो समयदेखि कब्जा गरिएको तथ्यलाई अब नजरअन्दाज गर्न सकिँदैन भन्ने कुरा एकपटक फेरि विश्वलाई स्मरण भएको छ । प्यालेस्टिनी जनताको स्वतन्त्र राष्ट्र स्थापना गर्ने लामो समयदेखिको चाहनालाई अब पन्छाउन सकिँदैन र प्यालेिस्टनी जनताले भोगेको ऐतिहासिक अन्यायलाई नसच्याइ पुस्तौंसम्म जारी राख्न सकिँदैन ।”

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १ : ३३ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको