१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगन्ज संवाद’



नेपालगन्ज । पत्रकार मनऋषि धितालद्वारा जनयुद्धमा केन्द्रित रही हालै प्रकाशित पुस्तकहरुमाथि समीक्षात्मक चर्चा भएको छ । नेपालगन्जमा आयोजित ‘नेपालगन्ज संवाद’ कार्यक्रममा पुस्तकहरु ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’ र ‘गण्डकयात्रा’मा संवाद गरिएको हो ।

‘नेपालगन्ज संवाद’ नाम दिइएको उक्त छलफल कार्यक्रममा साहित्यकार खोपीराम ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था र परिस्थितिलाई जस्ताको त्यस्तै उतारिएको बताए । उनले पुस्तक पढ्ने पाठक आफै जनयुद्धमा सहभागी भएकाले पुस्तकमार्फत जनयुद्धको समग्र समय र परिस्थितिको प्रत्यक्ष अनुभूति दिन सफल रहेको बताए ।

साहित्यकार लेख प्याकुरेलले पुस्तक उपयुक्त कृति बन्न सफल भएको बताए । उनले पुस्तकका पात्रहरु रहर, कहर र अवसर सबै प्रकारले जोडिएको उल्लेख गर्दै उक्त समयमा भएका वास्तविक घटनालाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको बताए । “जनयुद्धकालीन विवाहमा एउटा कापी, कलम र किताब उपहार दिइन्थ्यो”, उनले भने, “अहिलेका विवाहमा गरिने भड्किलो खर्च कटौती गरी सोहीअनुसार गर्नका लागि पनि किताब शिक्षाप्रद हुनेछ ।”

वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटरले पुस्तक अणु तथा परमाणु भएको बताए । उनले पुस्तकले राजनीतिक र दार्शनिक इतिहास बोलेको पनि स्पष्ट गरे । यी छवटै पुस्तक जनयुद्धको ऐतिहासिक दस्तावेज भए पनि माओवादीले बिर्सदै गएको उनको भनाइ थियो ।

पत्रकार शङ्कर खनालले पुस्तकले नेपालमा माओबादीले गरेको जनयुद्धको इतिहास जोगाउन सफल भएको बताए । उनले दशकौँ अगाडिको जनयुद्धलाई अहिलेका पुस्ताले ताजारुपले बुझ्न यी दस्ताबेजको अध्ययन गर्नुपर्ने धारणा राखे । पत्रकार तुला अधिकारीले किताबको विश्लेषण गर्दै तत्कालीन जेलभित्रका घटनालाई अहिलेको पुस्ताले जस्ताकोतस्तै देख्नसक्ने बताए ।

राजनीतिकर्मी दुर्गाबहादुर थारुले यी पुस्तक पढ्दा आफूलाई पनि विगत सम्झना आएको र लेख्नका लागि प्रोत्साहन तथा उत्प्रेरणा मिलेको बताए । उनले पुस्तक प्रेरणादायी, शिक्षाप्रद तथा जिउँदो इतिहास भएको चर्चा गरे । सहिदलाई लेखिएको मार्मिक चिठीले जनयुद्धकालीन अवस्था ताजा बनाउने र सबै पाठकलाई त्यसको स्मरण गराउने उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराजले जनयुद्धका बलमा देश्मा राजनीतिक परिवर्तन आएको बताए । समावेशीता, धर्म निरेपक्षता, सङ्घीयता, समानुपातिकलगायत व्यवस्था जनयुद्धका कारण सम्भव भएको भन्दै १० वर्षे जनयुद्धलाई अहिलेका पुस्ताले पुस्तकमार्फत अनुभूति गर्नसक्ने बताए ।

पुस्तकका लेखक पत्रकार धितालले आफू जनयुद्धका अनुभूति बाँड्ने हुलाकी मात्र भएको धारणा राखे । पुस्तक कल्पना नगरी वास्तविकरुपले तथ्यका आधारमा लेखिएको जनाउँदै धितालले कतिपय पुस्तकका पात्रसँग पुनर्मिलन भएको स्मरण पनि गरे । त्यस्तै पुस्तकमा समेटिएका कतिपय घटनामा पुनर्मिलन भएका पात्रहरुसँग अनुमति लिएर पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : १० बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर