१ पुस २०८२, मंगलबार | December 16, 2025

मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग पराजित



काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । २२ बल खेलेका विनोदले ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका थिए आरिफले २१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए ।

त्यस्तै रोहितले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए पनि अरु ब्याटरहरु टिक्न सकेनन् । ओपनर कुशल भुर्तेल जम्मा २ रनमा आउट भए भने गुल्सन झा ८, रासिद खान ३, सन्दीप जोरा र आकाश चन्द २/२ रन, विवेक यादवले १ रन बनाए । प्रतिश जिसी भने शून्य रनमा आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो । बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शून्य रनमै आउट भए ।

नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए । त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग शनिबार मैत्रीपूर्ण खेल खेलको हो ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ३ : ४५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज