११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

पोर्चुगलमा विश्व साहित्य सम्मेलन सम्पन्न



लिस्बन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ ।

तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र समेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली भाषा र साहित्यको प्रचार-प्रसार तथा प्रवासमा नेपाली भाषा पाठशाला सञ्चालनका लागि पनि पहल गरिनेबारे सम्मेलनमा छलफल भएको छ ।

उक्त अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्, सर्जक, स्रष्टा र साहित्यकर्मी भेला भएका थिए । सम्मेलनमा नेपाल, भारतसहित विश्वभरका ४० च्याप्टर बाट गरी एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नेपालीसहित विभिन्न भाषा, कला, साहित्य र संस्कृतिका विषयमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति र छलफलका साथै विभिन्न विधाका २५ वटा कृतिको विमोचन गरिएको थियो ।

सो अवसरमा दुई सय ५० अमेरिकी डलर राशिको नवरत्न पुरस्कार बेलायत निवासी साहित्यकार माया गुरुङ र डा सङ्गीता स्वेच्छालाई प्रदान गरिएको थियो ।

यस्तै नेपाली भाषा र साहित्यको सँरक्षण र संवद्र्धनमा योगदान पू¥याएको भन्दै अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, डा। मित्रलाल पार्दे पोल्याण्ड, डिल्ली अम्माई बेल्जियम, प्रकाश सापकोटा डेनमार्क, खड्क न्यौपाने जर्मनी, हरिहर अर्याल फ्रान्स, सुमल कुमार गुरुङ बेलायत, सौरभ कारञ्जित बेल्जियम, पञ्चम अधिकारी बेल्जियम लगायतलाई डोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा अन्र्तदृष्टिका प्रधान सम्पादक पुरु सुवेदीलाई अन्र्तदृष्टि स्वर्ण सम्मान प्रदान गरिएको थियो भने अमेरिका निवासी ईश्वरी भट्टलाई अनेसास हिरोबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजा, बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहकार रोहिणी शर्मा, पूर्वअध्यक्षहरु मोहन सिटौला, पुरु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, एनआरएनए आइसिसी सचिव भीम केसी, आइसिसी सदस्य राजकुमार थापा, अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, समाजका केन्द्रीय सदस्य यादव देवकोटा, पोर्चुगल च्याप्टरका अध्यक्ष सवी श्रेष्ठ लगायतले नेपाली भाषा र साहित्यका विविध विषयमा धारणा राखेका थिए ।

नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउन सम्मेलनले ठूलो भूमिका निर्वाह गरेको अध्यक्ष गोवद्र्धन पुजाले बताए । सम्मेलनले नेपाली भाषा र साहित्यको थप प्रचार-प्रसारका साथै यसको संरक्षण र संवद्धर्न गर्नुपर्ने सन्देश दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ३९ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र