१० भदौ २०८३, बुधबार | August 26, 2026

वीरगन्जका मेयरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि



वीरगन्ज । कोरोना संक्रमित भएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको परिवारका २ जना सदस्यमा पनि कोरोना पुष्टि भएको छ ।

सरावगीको कन्ट्याक्ट ट्रेसिङका आधारमा लिईएको पहिलो चरणको नमुना परीक्षणमा परिवारका २ जना सदस्यमा कोरोना पुष्टि भएको हो ।

उनका परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पर्सामा मात्र पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका अनुसार संक्रमितमध्ये अधिकांश समुदायमा गरिएको परीक्षणका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र शुल्क तिरेर पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाबाट आएको रिपोर्टका अनुसार ४३ जना वीरगन्जका छन् भने सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : १२ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन