१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’



काठमाडौं । नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते ‘साझ्गीतिक गजल गुञ्जन’ गर्ने भएको छ ।

राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायकरगायिकाले प्रस्तुत गर्ने छन् ।

प्रतिष्ठानले जनाएअनुसार उक्त कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुग्ने छ । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ भन्छन्, ‘नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ । गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर वास्तविक गजलको लेखन र गायनमा कमी देखिन्छ । यसलाई पूरा गर्ने हाम्रो प्रयास हो ।’

नेपाली गजललाई शास्त्रीय धारमा परिष्कृत गर्न प्रतिष्ठानले बहस, छलफल र पाठशालाहरू चलाइरहेको उनको भनाइ छ ।

प्रतिष्ठानले हरेक २ महिनामा ‘गजल मुशायरा’ पनि गर्दै आएको छ । काठमाडौँमा ३ वटा मुशायरा सम्पन्न गरिसकेको छ भने झापामा एउटा साङ्गीतिक मुशायरा सम्पन्न गरेको प्रतिष्ठानका सचिव अनजान यात्रीले जानकारी दिए । यस अगाडि गत वर्षको मोती जयन्तीका अवसरमा पनि प्रतिष्ठानले यस्तै गजल गुञ्जन कार्यक्रम गरेको थियो ।

‘गजललाई जबसम्म गायनमा ल्याउन सकिँदैन, यसले आमजनमा अस्तित्व देखाउन नसक्ने रहेछ,’ यात्री भन्छन्, ‘नेपाली गजललाई अब तीव्र रूपमा गायनमा ल्याउन आवश्यक छ ।’

कार्यक्रममा प्रवेश खुला गरिएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार सोही अवसरमा नेपाली गजल उन्नयननमा लामो सेवा गरेका एक जना वरिष्ठ गजल साधकलाई पद्मिल र एक जना नवोदित सर्जकलाई ‘के लत बस्यो मलाई’ पुरस्कारले समेत सम्मान गर्ने कार्यक्रम छ । पुरस्कार राशि क्रमशस् ३५ हजार र १५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ११ : २६ बजे

पोखराको फिर्केखोलाको खोलाघरमा बनेको संरचना आजदेखी हटाउदै महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका-१

ह्वाइट हाउस नजिक गोली चल्दा उच्च सतर्कता, ट्रम्प सुरक्षित

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिक गोली चलेपछि

आजको मौसम : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ