१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने जिम्मेवारी सरकार र आयोगको



ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी सरकारको भएको बताएकी छिन् ।

आयोगका पदाधिकारी तथा केही सांसदहरुसँग मन्त्रालयले गरेको छलफलमा बोल्दै मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिईन् ।

आइतबार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिईन् ।

मन्त्री अर्यालले जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसैअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउन निर्देशन दिएकी थिईन् ।

उनले समयमै आफ्नो काम सम्पन्न गर्ने गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताईन् ।

त्यस अवसरमा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ४८ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को