८ कार्तिक २०८३, आइतबार | October 26, 2026

आज सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै



काठमाडौं । सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । गठबन्धनका ५ दल सम्मिलित १० सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज सार्वजनिक गर्न लागिएको हो ।

कार्यदलले गत शनिबार उक्त मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूलाई बुझाएको थियो । उक्त मस्यौदामाथि शीर्ष तहमा छलफल गरेर आज सार्वजनिक गर्न लागिएको हो ।

न्यूनतम साझा कार्यक्रममा संविधानको कार्यान्वयन र रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम जनतामा आशा र विश्वास जगाउने, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्ने तथा समग्रमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने विषय राखिएको कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।

न्यूनतम साझा कार्यक्रम बनाउन एमालेबाट उपाध्यक्ष पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन रहेको १० सदस्यीय कार्यदल बनाइएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ५३ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको