२० मंसिर २०८२, शनिबार | December 6, 2025

चीनका विदेशमन्त्री वाङद्वारा न्युजिल्यान्डको भ्रमण



वेलिङ्टन । चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको दुर्लभ भ्रमण गरेका छन । भ्रमणका क्रममा उनले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिएका छन ।

वाङको यो भ्रमणले न्युजिल्यान्ड र अस्ट्रेलियामार्फत कूटनीतिक आक्रमणको सुरुआतलाई सङ्केत गर्दछ । सन् २०१७ पछि वाङको यो कुनै पनि मुलुकको पहिलो भ्रमण हो । बेइजिङले घरेलुस्तरमा सुस्त आर्थिक वृद्धिबाट हुने पीडालाई कम गर्न चाहेको बेला भ्रमणमा व्यापारमाथि व्यापक ध्यान केन्द्रीत हुने अपेक्षा गरिएको छ ।

न्युजिल्यान्डका आफ्ना समकक्षीसँगको भेटअघि राजधानी वेलिङ्टनमा बोल्दै वाङले आफ्नो भ्रमण ताइवान र दक्षिण चीन सागर जस्ता मुद्दामा बेइजिङको आक्रामक अडान अपनाएकाले तनावमा परेको कूटनीतिक सम्बन्धलाई सदृढ बनाउने अवसर भएको बताए ।

“वर्तमान अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा न्युजिल्यान्डका हाम्रा मित्रहरूसँग रणनीतिक सञ्चार सुदृढ बनाउन हामी इच्छुक छौँ”, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँगको बैठकअघि उनले भने, “साथै हामी यस क्षेत्र र विश्वमा शान्ति तथा स्थिरता कायम राख्न मिलेर काम गर्नेछौँ ।”

न्युजिल्यान्ड संयुक्त राज्य अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य र अस्ट्रेलियासँग फाइब आइज गुप्तचर साझेदारी गठबन्धनको हिस्सा हो । यद्यपि आफ्नो व्यापारिक सम्बन्धलाई आफ्ना सहयोगीहरूको चिन्ताभन्दा माथि राखेर चीनमाथि नरम व्यवहार अपनाएकामा वेलिङ्टनको आलोचना गरिएको छ ।

चीन न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र चिनियाँ उपभोक्ताहरू लामो समयदेखि न्युजिल्यान्डको मासु, मदिरा, दूध र काठमा निर्भर छन् ।

“चीन-न्युजिल्यान्ड सम्बन्ध विकसित मुलुकहरूसँगको चीनको सम्बन्धभन्दा अग्रपङ्क्तिमा रहनेछ”, विदेशमन्त्री वाङले भने, “हामीबीचको सम्बन्ध सुमधुर र राम्रोसँग विकसित भएको छ ।”

यसै साताको अन्त्यमा वाङले क्यानबेरामा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङसँग भेट गर्नेछन । चीन र अस्ट्रेलियाले हालै व्यापार विवादहरूको एउटा शृङ्खलाको समाधान गरेका छन् । क्यानबेराले फाइब जी सम्झौताबाट हुवावेलाई प्रतिबन्ध लगाएको र कोभिड-१९ को उत्पत्तिको जाँचको आह्वान गरेको जवाफमा बेइजिङले सन् २०२० मा प्रमुख निर्यातहरूमा शुल्क र व्यापार अवरोध लगाएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ५७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय