७ भदौ २०८३, आइतबार | August 23, 2026

बेनीमा सुविधा सम्पन्न होटल थपिँदै, नयाँवर्षदेखि ज्ञान गौरी प्यालेस संचालन हुने



बेनी । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ वारीबेनीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने भएका हुन् ।

३० करोड लगानी गरिएको होटलमा पर्याप्त गार्डेन, १ सय बढी गाडी अट्ने पार्कीङ सुविधा, दुईसय पचास जना क्षमताको ब्यान्केट सहित सुविधा सम्पन्न ४० कोठा भएको होटल संचालनका लागि तयार भएको संचालक केसीले बताए । होटलमा स्विमिङ पुल पनि निर्माण गरिने उनले जानकारी दिए ।

केसीले तीनवर्ष अघि ज्ञान गौरी प्यालेस प्रा.लिको नामबाट होटलको पूर्वाधार निर्माण थालेका थिए । पूर्वाधार निर्माण सम्पन्न भएसँगै आगमी बैशाख १ गते नयाँ वर्ष देखि होटल संचालनका लागि तयारी गरिएको केसीले जानकारी बताए ।

केसीका अनुसार होटलमा हनिमुन स्विट रुम ३ वटा, मिनि स्विट रुम २ वटा, स्टाण्डर रुम १२ वटा र डिलक्स रुम २२ वटा रहेका छन् । सवै रुमहरुमा एसी जडान गरिएको छ । होटलमा एकसय जना सम्म पाहुना एकै पटक बास बस्न सक्ने गरि व्यपस्थापन गरिएको उनले बताए ।

म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरि होटलमा लगानी गरिएको संचालक केसीको भनाई छ । कालिगण्डकी कोरिडोर क्षेत्रमा दैनिक रुपमा पर्यटक आगमनमा वृद्धि भइरहेको र सोही पर्यटकलाई लक्षित गरि होटल निर्माण गरिएको उनले बताए ।

स्तरिय होटलको खोजिमा पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न होटल संचालनमा ल्याइएको केसीको दाबी छ । बेनीमा हाल सिङा तातोपानीको श्रेष्ठ हटस्प्रिङ पछि अर्को सुबिधा सम्पन्न होटल संचालनमा आउने भएको हो ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : १३ बजे

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको

१४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद