२७ भदौ २०८३, शनिबार | September 12, 2026

पुलिसलाई हराउदै लुम्बिनी प्रदेशको एभरेष्ट बन्यो महिला भलिबल च्याम्पियन



काठमाडौं । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने एभरेष्ट भलिबल क्लबले एनभिए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई ३-१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाल पुलिस डिफेन्डिङ च्याम्पियन समेत हो ।

नेपाल पुलिसले पहिलो सेट जितेपनि त्यसपछिका तिनै सेट एभेरेस्टले जितेर उपाधि कब्जा गरेको थियो । एभरेष्ट क्लबमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित रहेका थिए ।

यो जितसँगै एभरेष्ट भलिबल क्लबले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख नगद पुरस्कार पाएको छ ।

यस अघि शुक्रबार सम्पन्न तेस्रो स्थानको खेलमा विभागीय टिम एपीएफ विजयी भएको थियो । एपीएफले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो भएको एपीएफले एक लाख २५ हजार पाएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : २६ बजे

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं