२० मंसिर २०८२, शनिबार | December 6, 2025

लोकगायक बमबहादुर कार्कीको ‘जिन्दगी’ बजारमा



काठमाडौं । प्रसिद्ध लोक गायक बमबहादुर कार्की र शिबा आले कार्कीले नेपाली सङ्गीत बजारमा थप एक लोक भाका पस्केका छन् । उनीहरुको आवाजमा रहेको नयाँ म्युजिक भिडियो शुक्रबार देखि बजारमा आएको हो ।

बियोगान्त कथामा आधारित म्युजिक भिडीयो जिन्दगीमा बमबहादुर कार्कीको संकलन, संगीत तथा आवाज रहेको छ भने प्रकाश भट्टले म्युजिक भिडीयाको निर्देशन गरेका छन् । महेन्द्र गौतम, अन्जली अधिकारी, सिताराम पौडेल र खेम बाको अभिनय रहेको म्युजिक भिडीयाको निर्मात्री भने कार्की पत्नी तथा लोक गायीक शिला आले कार्की रहेकी छन् ।

विष्णु शर्माले सम्पादन गरेको भिडीयोको संगीत एरेन्ज भने बिबि अनुरागीको रहेको छ । प्रिज्मा स्टुडियोमा तयार गरिएको म्युजिक भिडीयो गोरखा म्युजिकले बजारमा ल्याएको हो । पानको पात दोहोरी गीतबाट लगातार चर्चाको शिखरमा रहेका कार्कीको नेपाली संगीत बजारमा सयौं लोकभाकाहरु रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : २१ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय