३ पुस २०८२, बिहिबार | December 18, 2025

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरमा ४.४४ गुणा भन्दा बढी आवेदन



काठमाडौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जारी गरेको साधारण सेयरमा ४.४४ गुणा भन्दा बढी आवेदन परेको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबारसम्ममा एक अर्ब ४० करोड रूपैयाँभन्दा बढीको सेयर माग भएको जनाएको छ।

कम्पनीले जारी गरेको साधारण सेयरमा एक अर्ब ४० करोड ५३ लाख ७६० हजार रुपैयाँ बराबरको एक करोड ४० लाख ५३ हजार ७६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ ।

यस्तै २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणलाई छुट्टाएको हो । कम्पनीको सेयरमा साउन २१ गते भित्र आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गर्न लागेको साधारण सेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको  अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ४२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन