८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

बाँकेमा सृंङ्खलाबद्ध लुटपाट, लुटेरा समुह पक्राउ गर्न प्रहरी असफल



नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ३ को मानपुर नजिकै रुद्रपुरमा लुटेरा समुहको आक्रमणबाट एकजनाको मृत्यु भएको महिना दिन नपुग्दै सोही गाउंपालिकामा गएराती घरधनीमाथि आक्रमण गर्दै लुटपाट भएको छ । १०/१२ जनाको समूहमा हतियारसहित आएका लुटेरा समुहले जानकी गाउंपालिका वडा नम्बर ६, कपासीका लोकेन्द्र बुढाको घरमा लुटपाट गरेको हो ।

राती २ बजेको समयमा आएका लुटेरा समुहले घरधनी लोकेन्द्र बुढालाई कुटपिट गर्दै घरपरिवारलाई धम्क्याएर घरमा भएको नगद, गरगहना, मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ । गत फागुन २३ गते मध्यराती जानकी गाउँपालिका ३ रुद्रपुर नयाँबस्तीमा लुटपाट गर्न आएका लुटेरा समुहको आक्रमणबाट स्थानीय सन्तोष कठरिया थारुको मृत्यु भएको थियो ।

स्थानीय नागरिकको ज्यानै जाने गरि कुटपिट गर्दै लुटपाट गर्ने समुहका कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले लुटेरा समुहको पहिचान भइसकेको दाबी गरेपनि अघिल्लो घटनामा संलग्नहरुलाई पक्राउ नगर्दै अर्को लुटपाटको घटना घटेको छ । डीएसपी डांगीले लुटेरा समुहको खोजी भइरहेको जानकारी दिए ।

बाँकेमा पछिल्लो दिनमा हत्या, हिंसा, लुटपाट र कुटपिटका घटना बढेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ९ : ५० बजे

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध