२७ भदौ २०८३, शनिबार | September 12, 2026

रुपन्देहीमा चैत्र २९ र ३० गते अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने



भैरहवा । रुपन्देहीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी चैत्र २९ र ३० गते रुपन्देहीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो ।

तेस्रो एमजिके अन्तराष्ट्रिय कराते प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक संस्था जापान गोजिरियो डो मिसन एशोसियनस नेपालका केन्द्रीय प्रशिक्षक केबि रानाले जानकारी दिए ।

शुक्रबार मंगलापुरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा भारत, भुटान र नेपालका साढे ३ सय खेलाडीहरु सहभागी हुने जानकारी दिए । मंगलापुरको बगैचामा हुने उक्त प्रतियोगितामा महिला र पुरुषहरुको अलग अलग उमेर समूह र तौल समूहबीच प्रतिसपर्धा गराईने छ । प्रतियोगितामा करातेको काता र कुमूते विधामा खेल हुने आयोजकले जनाएका छन ।

पहिलो एमजिके अन्तराष्ट्रिय कराते कोभिढ अगाडी र दोस्रो गत बर्ष रुपन्देहीको तिलोत्तमा नै भएको थियो । गत बर्ष नेपाल प्रथम, भुटान सेकेन्ड र भारत तेस्रो भएको थियो ।

उक्त कार्यक्रमको लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सीले बताए । राखेप रुपन्देहीका पुर्व अध्यक्ष समेत रहेका के.सीले प्रेम, अहिंसा कायम कराते खेलको महत्व अति हुनै बताए । उनले नेपालको परिप्रेक्ष्यमा गोजुरीयो कराते अत्यन्तै रहेको समेत बताए ।

प्रतियोगितामा विभिन्न तौल समूहको प्रतियोगिता हुने आयोजकले बताएका छन् । जुनियर तर्फ ९ बर्ष उमेर समूहको केटा र केटिको २० किलो तौल समूह, २५ किलो, २९ किलो र ३३ किलो तौल समूहबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १० देखि १७ वर्ष उमेर समूहमा केटाको ३५ केजि, ४० केजी, ४५ केजी, ५० केजि र ५५ केजी तौल समूहबीच प्रतिसपर्धा हुनेछ । यसैगरी केटी तर्फ ३५ केजी, ४० केजि, ४५ केजि, ५० केजि र ५५ केजि तौल समूहबीच प्रतिस्पर्धा हुने छ ।

यसैगरी सिनियर तर्फ १८ बर्ष माथिको कुमूते र काता प्रतियोगिता हुने आयोजकले जनाएका छन् । केटाहरुको ५० केजि, ५५ केजि, ६० केजि, ६७ केजि, ७५ केजि र ८४ केजि तौल समूहमा प्रतिसपर्धा गराईनेछ । यसैगरी केटि तर्फ ४५ केजि, ५० केजि, ५५ केजि, ६१ केजि, ६८ केजि र ६८ केजि उमेर भन्दा बढीको समूहबीच प्रतिसपर्धा गराईने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३६ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा