२९ भदौ २०८३, सोमबार | September 14, 2026

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उदघाटन



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि शुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसकाे अवसर पारेर त्तयाेजित महाेत्सवकाे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका हुन् । उदघाटनलाई सम्बाेधन गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठले ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्ने बताए ।

ध्यानले आफुलाई चिन्न सिकाउने भएकाले आफुलाई चिन्ने व्यक्ति सधै समाजमा पछि पारिएका बर्ग समुदाय संगै सिंङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उनले बताए । बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपुरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्ग संगै ध्यानको पनि केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए । ध्यान अध्यारोबाट उज्यालो , असत्यबाट सत्य, अन्यौलताबाट निस्चिततातर्फको यात्रमा डोर्याउने प्रमुख माध्यम भएको उनको भनाई थियो । मन्त्री श्रेष्ठले ध्यानका माध्यमबाट शारिरीक तथा मानसिक स्वाथ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रुपमा लिन सकिने बताए ।

त्यस्तैगरी नेपालका लागि चिनियाँ राजदुत चेन सोङले नेपाल हिमाल र नदिहरुले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चिनबिचको मित्रताको साक्षी भएको बताए । बुद्ध जन्मस्थल नेपाल भएको र चिनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा साँस्कृतिक रुपमा पनि नेपाल र चिनबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताए ।

नेपाली राजकुमारी भृकुटीको र मुर्तिकार अरनिकोलाई नेपाल र चिन दुबै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदुत सोङले यसबाट परापुर्वकादेखि नै नेपाल र चिनबिच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए । ध्यानले शान्ति र सद्भावको सन्देश दिने र चिन सधैँ आपसि सद्भावको पक्षमा रहेको उनको भनाई थियो । नेपालले अन्तराष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे चिनले त्यसको सर्मथन गर्ने उल्लेख गर्दै लुम्बिनीलाई ध्यानको राजधानी बनाउन आग्रह गरे ।

त्यस्तै गरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताए । लुम्बिनी हुने यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउन र अध्यात्मबादको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।

महाेत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुताबास, लुम्बिनी विकास कोष, र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा महाेत्सव आयाेजना गरिएकाे हाे ।

नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसियसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद र ग्रिनरोडले सहकार्य गरेका छन । लुम्बिनीलाई विश्व शान्ति र धार्मिक साँस्कृतिक पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन र नेपाल चिनविचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उदेश्यले महोत्सव गरिएकाे हाे ।

शनिबार विहान लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरिको हाफ म्याराथन दौड हुनेछ । पाच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ । प्रतियोगिताको विद्यागत रुपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

शनिबार साँझ लुम्बिनी स्क्वायरमा लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । विश्व प्रशिद्घ गायिका आनी छोयङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ लगायतका कालाकारहरुको प्रस्तुती रहने छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३९ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला