१३ श्रावण २०८३, बुधबार | July 29, 2026

औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको पदस्थापन



बुटवल । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । चैत ११ र १२ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेसनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार एक समारोहका बिच नेपाल औषधी व्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय सदस्य भुवनेश्वर वुढा, सल्लाहकार डा रोहितराज क्षेत्री, सल्लाहकार निर्मलध्वज श्रेष्ठ, निवर्तमान अध्यक्ष शिव ज्ञवालीले नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेलाई माला, माईन्युड हस्तान्तरण गरि पदस्थापन गरिएको हो ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले व्यवसायी हकहितसंगै संघ सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए । जिल्ला एकतावद्ध र बलियो भए संघको केन्द्र बलियो हुने तर्क दिदै उनले ब्यवसायीहरु एकजुट भई संस्थागत रुपमा आवाज उठाउनुपर्ने बताए । व्यवसायीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम र अभिमुखिकरण जरुरी हुने भन्दै उनले यस्ता कार्यक्रममा जोड दिएर योजना अघि बढाउन सुझाव दिए । हाल २ वर्षसम्मको म्याद ग्रुजेका औषधीहरु फिर्ता हुने प्रावधान रहेको भन्दै यसको शतप्रतिशत कार्यान्वयनमा लाग्न आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेले गुणयुक्त, असरयुक्त जनसुरक्षित औषधीको आपूर्ति, हाम्रो प्रतिवद्धतालाई मुलमन्त्रलाई सधै आत्मसात गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा संघका रुपन्देही जिल्ला पुर्वअध्यक्ष सुरज भट्टराईले खाद्यपुरक बस्तु (फुड सप्लिमेन्ट) को विषयमा चासो दिन जरुरी छ । कुनै पनि हालतमा यो विक्रिवितरणमा रोक्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, महासचिव प्रकाश ज्ञवालीले नया कार्यसमितिलाई अवसरका साथै धेरै चुनौतीहरु आईपरेको भन्दै जिल्लाहरुलाई सबल र सक्षम बनाउदै अघि बढ्ने बताए ।

यसैबिच संघका रुपन्देही जिल्लाका कार्यबाहक अध्यक्ष नारायण बहादुर थापा, सचिव कृष्ण पोखरेल, पुर्व अध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित प्रदेश समितिलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २४ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला