३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

भोलिबाट जनयुद्धका सहिद डम्बर रानाभाटको स्मृतिमा फुटवल प्रतियोगिता हुँदै



खजुरा । जनयुद्धका सहिद डम्बर रानाभाटको स्मृतिमा बाँकेको खजुरामा दोस्रो सृङ्खलाको फुटबल प्रतियोगिता हुने भएको छ । हिमालय सामुदायिक क्लवको आयोजनामा खजुरा स्थित धौलागिरीमा दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक हिमालय युवा क्लवले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष किरण थापाले भोलि (शनिबार)बाट ३० गते सम्म प्रतियोगिता संचालन हुने जानकारी दिए । उनले १४ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५५५ रुपैयाँ मेडल र प्रमाण पत्र दिइने बताए । धौलागिरी स्थित नेरामाबीको प्राङ्गनमा प्रतियागिता संचालन हुने उनले जनाए । उनका अनुसार प्रतियोगितामा दोस्रो हुनेलाई ३० हजार ५५५ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले खेल अवधिभरका उत्कृट खेलाडीलाई संघको तर्फबाट ३ हजार १०० पुरस्कारको घोषणा गरे । प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन सहिद रानाभाटका दाजु सुर्यबहादुर रानाभाट र दोस्रो पुरस्कारको प्रायोजन चाचा ईट्टाभट्टाले गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको चैत्र २४ गते दिउँसो २ बजे सहिद रानाभाटका बुवा आमा र खजुरा गाँउपालिकाका प्रमुख डम्बर बिक(तुफान)ले गर्ने क्लवका सचिव जीवन कार्कीले जानकारी दिए । प्रतियोगितामा ३ लाख ४६ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । कार्यक्रममा फुटवल संघको तर्फबाट खेल सामाग्री (बल) महासचिव खत्रीले क्लवलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लवको टिम क्याप्टेन सुबास बुढाथोकी र संरक्षक देवबहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो ।

जनयुद्धमा होमिएका धौलागिरीका स्थानीय युवा डम्बर रानाभाटको जनयुद्धका क्रममा २०५८ फागुन ११ गते हत्या भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १२ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका