१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाइने



काठमाडौं । सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्न वकालत भइरहेको बताए ।

आठौँ स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आउँदो वर्षदेखि औपचारिक क्षेत्रमा बीमित सङ्ख्या बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, “स्वास्थ्य बीमा कार्ड अनिवार्य गराउने भनेर लागि परेका छौँ । डिजिटल कार्डमार्फत पनि बीमितलाई सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गरिएको छ ।”

उनले आगामी दिनमा अनुगमनका कार्यक्रम बढाउने र राम्रो सेवा नदिने सेवा प्रदायक संस्थालाई सेवा दिनबाट हटाइने जनाए । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बीमाप्रति धेरैजना नकारात्मक सुनिए पनि यथार्थमा त्यो नरहेको बताए । उनले भने, “स्वास्थ्य बीमाप्रति धेरै अपेक्षा छ त्यो पूर्ण रुपमा पूरा गर्न नसकिएको हो । कुनै ठाउँमा सेवा एकदमै राम्रो पनि छ । कुनैमा नभएका पनि छन् । हामीसँग स्वास्थ्य बीमालाई फेल हुन दिन छुट छैन ।”

उनले स्वास्थ्य बीमा कार्यक्रममा अनलाइन प्रणालीबाट आबद्ध हुनका लागि तयारीको कार्य अगाडि बढाइएको बताए । उनले भने, “एकपटक प्रेषण भई आएका बिरामीलाई सोही रोगको फलोअपका लागि पुनःप्रेषण पुर्जी लिइरहन नपर्ने गरी व्यवस्था गरिएको छ ।” उनले हाल सुविधा थैलीमा रहेको औषधि तथा सेवा प्याकेजको शुल्क समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

त्यसैगरी बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमाका बारेमा अझै पनि जनमानसलाई बुझाउन नसकेको बताए । उनले भने, “बीमाको उद्देश्य त हुनेले नहुनेलाई सहयोग गर्ने हो । भविष्यमा एकद्वार प्रणाली लागू गरे सेवा दिन सजिलो हुन्छ । व्यवस्थित भएर जानुपर्नेछ ।”

विसं २०७८ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौँ उपत्यकाको एउटा स्थानीय तह (बुढानिलकण्ठ नपा) मा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्कअनुसार कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ अर्थात् ३५.८८ ५ रहेका छन् भने बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ रहेका छन् । नवीकरण नगर्ने बीमित सङ्ख्या भने ४८ लाख आठ हजार सात सय ६० जना छन् । कार्यक्रममा लक्षित वर्गको आबद्धताको अवस्था हेर्ने हो भने परिवारका सदस्य अति गरिब बीमितको सङ्ख्या पाँच लाख १४ हजार छ सय १८ जना छन् । ज्येष्ठ नागरिक बीमितको सङ्ख्या भने नौ लाख ३० हजार तीन सय ९७ रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ९ : ४७ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ