७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कोशी प्रदेशसभाको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस



विराटनगर । कोशी प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरिएको छ ।

सोमबार कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।

सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रकृयामा गएकै बेला मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।

कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन् । उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्र समेत सरकारबाट बाहिरिएको छ ।

त्यस्तै एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ४३ बजे

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण