३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

चेन्नईले मुम्बईलाई हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले १०५ रन बनाए पनि जित भने दिलाउन सकेनन । त्यस्तै चेन्नईलाई जित दिलाउने क्रममा बलर मथीसा पाथिरानाले सर्बाधिक ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २०६ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६९, शिभम दुवेले ६६, रचिन रविन्द्रले २१ र महेन्द्र सिंह धोनीले ४ बलमा २० रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यो चौथो हार हो । ६ खेलमा २ खेल जितेको मुम्बईको ४ अंक रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ०० बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका