१९ असार २०८३, शुक्रबार | July 3, 2026

चेन्नईले मुम्बईलाई हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले १०५ रन बनाए पनि जित भने दिलाउन सकेनन । त्यस्तै चेन्नईलाई जित दिलाउने क्रममा बलर मथीसा पाथिरानाले सर्बाधिक ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २०६ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६९, शिभम दुवेले ६६, रचिन रविन्द्रले २१ र महेन्द्र सिंह धोनीले ४ बलमा २० रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यो चौथो हार हो । ६ खेलमा २ खेल जितेको मुम्बईको ४ अंक रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ०० बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल