२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन



बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने युवा युवतीहरुलाई लक्षित गरेर लोकसेवा तैयारी कक्षा सन्चालनमा ल्याएको छ । विशेष गरेर निजामती, कानुन, सुरक्षानिकायमा जागिर गर्न चाहनेहरुका लागि लोकसेवा तयारी कक्षा सन्चालन गर्न सुरु गरेको हो ।

नेपालमा सरकारी वा विभिन्न निकायमा जागिर खान चाहने युवा युवतीहरुलाई आधुनिक प्रविधी र बिज्ञहरुद्वारा अध्यापन गराउने गरी क्लास सन्चालन गरीएको कम्पनीका व्यवस्थापक भिम पौडेलले जानकारी दिए ।

लगावका साथ काम गरे नेपालमा नै केही गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नेपालमा रोजगारीका धेरै संभावना रहेको तेसैका लागि प्रक्टिकल सहितको अध्यापन आवश्यक रहेको सस्थाका अध्यक्ष सागर केसीले बताए । युवाहरु धेरै विदेश पलाएन हुने पछिल्लो परीपाटीलाई रोक्न लोकसेवा तैयारी कक्षा सन्चालन गरिएको अध्यक्ष केसीको भनाई छ ।

इन्ष्च्यिुटमा निजामती तर्फ खरिदार, नायब शुब्बा, शाखा अधिकृत स्तरको पढाई हुने छ भने बैकिङ्ग तर्फ नेपाल राष्ट्र बैक, राष्ट्रिय वाणिज्य बैक, कृषि बिकास बैक, नेपाल बैक लिमिटेड र सुरक्षा निकाय तर्फ जवान, असई, प्रहरी निरिक्षक, सेकेण्ड लप्टीनेन्ट, ओभरसियर, अहेब, अनमी, ल्याव टेक्निसियन, शिक्षक आयोग बारे तैयारी कक्षा सन्चालन हुने व्यवस्थापक पौडेलले बताए ।

अध्यापनमा सँगै प्रयोगात्मक पक्षलाई समेत जोड दिने सन्चालक जिबनाथ पान्डेले बताए । गरिब जहेन्दार विपन्न विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरीएको छ । सुभारम्भ कार्यक्रममा फटिक केसी लगाएतले सुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ३१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार