३ आश्विन २०८३, शनिबार | September 19, 2026

दृष्टिविहीन क्रिकेट खेलाडी सम्मानित



काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट सङ्घले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी रहेका छन् ।

सङ्घले बुधबार आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा तीनै जनालाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको हो । तीनै जनालाई जनही पाँच हजारसहित सम्मान गरिएको सङ्घले जनाएको छ ।

सम्मानित हुने भट्टराई नेत्रहीन राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तानसमेत हुन् । उहाँले डेढ दशकदेखि नेत्रहीन क्रिकेट खेल्दै आएका छन् ।

मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन् ।

सङ्घले हरेक वर्ष साउन २२ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १० : ३८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको