८ कार्तिक २०८३, आइतबार | October 25, 2026

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत



विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो ।

संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । ‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्ने सो प्रस्तावमा उल्लेख छ ।

संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत बिभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए । संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए । सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए ।

मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन् ।  अर्कोतर्फ मुख्यमन्त्री कार्कीले प्रदेश सभाको बैठकमा संकल्प प्रस्ताव संबिधान विपरित आएको भन्दै आफु संबिधानको धारा भन्दा बाहिर नजाने बताएका थिए । उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफुले राजीनामा नलिने र विश्वासको मत पनि नलिने बताउदै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ५२ बजे

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै