१३ श्रावण २०८३, बुधबार | July 29, 2026

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस



बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने गरी रूपन्देहीको तिलोत्तमा-३ जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस सञ्चालनमा आएको छ ।

यस क्षेत्रमा ५ जना युवा उद्यमीले संयुक्त लगानी गरी सबै कम्पनीमा इलेक्ट्रोनिक्स सामान उपलब्ध गराउने गरी आइतबारदेखि सञ्चालनमा आउन लागेको हो । डाँफे इलेक्ट्रोनिक्सले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी सात करोड रुपैयाँको लगानीमा हाउस सञ्चालनमा ल्याएको बताएको हो । हाउसमा नेपालसहित विश्वबजारमा प्रख्याती कमाएका इलेक्ट्रोनिक्स ब्राण्ड पाइनेछन ।

हाउसका अध्यक्ष डम्बरदेव अर्यालले घरमा प्रयोग हुने सबै इलेक्ट्रोनिक्स सामान खोज्न अनयन्त्र धाइरहनुपर्ने बाध्यता हटाउने गरी सञ्चालन गरिएको बताए । हाउसका सञ्चालक बाशुदेश शर्माले उद्घाटन सत्रमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए ।

इलेक्ट्रोनिक्स हाउसमा एलजी, सिजी, पानासोनिक्स, सामसुङ, स्टेला, बल्याक डेका कम्पनीका उत्पादन होलसेल र रिटेल गरी छुटै-छुट्टै युनिटबाट विक्री हुनेछ । सञ्चालकमा डम्बरदेव अर्याल, बाशुदेव शर्मा, विजय पाण्डे, सुवास नेपाल र गोपाल शर्मा रहेका छन । हाउसबाट सेवा लिएकाहरुलाई विक्रीपछिको सेवा समेत उपलब्ध हुनेछ । हाउसमा १२ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : १२ बजे

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र