१० पुस २०८२, बिहिबार | December 25, 2025

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस



बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने गरी रूपन्देहीको तिलोत्तमा-३ जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस सञ्चालनमा आएको छ ।

यस क्षेत्रमा ५ जना युवा उद्यमीले संयुक्त लगानी गरी सबै कम्पनीमा इलेक्ट्रोनिक्स सामान उपलब्ध गराउने गरी आइतबारदेखि सञ्चालनमा आउन लागेको हो । डाँफे इलेक्ट्रोनिक्सले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी सात करोड रुपैयाँको लगानीमा हाउस सञ्चालनमा ल्याएको बताएको हो । हाउसमा नेपालसहित विश्वबजारमा प्रख्याती कमाएका इलेक्ट्रोनिक्स ब्राण्ड पाइनेछन ।

हाउसका अध्यक्ष डम्बरदेव अर्यालले घरमा प्रयोग हुने सबै इलेक्ट्रोनिक्स सामान खोज्न अनयन्त्र धाइरहनुपर्ने बाध्यता हटाउने गरी सञ्चालन गरिएको बताए । हाउसका सञ्चालक बाशुदेश शर्माले उद्घाटन सत्रमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए ।

इलेक्ट्रोनिक्स हाउसमा एलजी, सिजी, पानासोनिक्स, सामसुङ, स्टेला, बल्याक डेका कम्पनीका उत्पादन होलसेल र रिटेल गरी छुटै-छुट्टै युनिटबाट विक्री हुनेछ । सञ्चालकमा डम्बरदेव अर्याल, बाशुदेव शर्मा, विजय पाण्डे, सुवास नेपाल र गोपाल शर्मा रहेका छन । हाउसबाट सेवा लिएकाहरुलाई विक्रीपछिको सेवा समेत उपलब्ध हुनेछ । हाउसमा १२ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : १२ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन