२४ माघ २०८२, शनिबार | February 8, 2026

धार्मिक पर्यटन बढाउन बुटवलबाट मुत्तिनाथ यात्रा, नगर प्रमुख पाण्डेयले गरे बिदाई



बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गरे ।

बुटवल १२ स्थित स्वामिनारायण मुक्तिनाथ धामदेखि कालिगण्डकीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन र दर्शन सहित पवित्र धार्मिक पर्यटकिय स्थल मुस्ताङको मुक्तिनाथ दर्शन गर्न बुटवलबाट १ सय ५० जनाको टोलि मुक्तिनाथ प्रस्थान गरेको हो । मुक्तिनाथ धामका गुरु स्वामी लोकानन्द जी महाराजको नेतृत्वमा धार्मिक पर्यटकीय यात्रा शुरु गरिएको छ ।

बिदाईका अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचारप्रसार गर्ने र जसको केन्द्रबिन्दु तथा विश्रामस्थल बुटवललाई बनाउने उदेश्य रहेको बताए ।

धार्मिक यात्राले बुटवलमा आउने पर्यटकको संख्या वृद्धी गर्न मदत पुराउने विश्वास ब्यक्त गर्दै बुटवलको मुक्तिनाथधाम र अरू धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धनमा मद्दत पुग्ने बताए । उनले कोरोला नाकादेखि लुम्बिनीसम्मको यात्रा गर्न धार्मिक यात्राले प्रोत्साहित गर्ने पनि जनाए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : ०९ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको