२ पुस २०८२, बुधबार | December 17, 2025

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै



काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका विश्वविद्यालयहरूमा गाजा युद्धको विरोध भइरहेको छ ।

सोमबार राति न्युयोर्क युनिभर्सिटीमा भएको प्रदर्शनलाई रोक्न खोज्दा प्रहरीले धेरैलाई पक्राउ गरेको थियो । यसअघि येलमा पनि दर्जनौं विद्यार्थी पक्राउ परेका थिए । सोहि समयमा, कोलम्बियामा कक्षाहरू रद्द गरियो । बर्कले, एमआईटी र देशका अन्य ठूला कलेजहरूमा पनि विद्यार्थीहरूले यस्तै क्याम्पिङ गरिरहेका छन् ।

अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि गाजामा सुरु भएको युद्धसँगै अमेरिकाका कलेज र विश्वविद्यालयहरूमा चर्को बहस र प्रदर्शनहरू भइरहेका छन् ।

कोही विद्यार्थी इजरायलको पक्षमा छन् भने कोही गाजामा भएको कारबाहीको विरुद्धमा छन् ।

जब अमेरिकी राष्ट्रपति जो बाइडेनलाई क्याम्पसहरूमा भइरहेको विरोधको बारेमा सोधिएको थियो, उनले भने कि उनी यहूदी विरोधी र प्यालेस्टाइनीहरूले के गुज्रिरहेका छन् भन्ने कुरा बुझ्दैनन् उनीहरूको पनि निन्दा गर्दछन् ।

अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शनहरू गत हप्ता समाचारमा आयो जब न्यूयोर्क शहर पुलिसले कोलम्बिया विश्वविद्यालय क्याम्पसमा १०० भन्दा बढी प्रदर्शनकारीहरूलाई गिरफ्तार गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ४ : ५७ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर