४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुर्य नेपालको त्रिसारा अगरबत्ती बजारमा, नेपालमा उत्पादन गरेर विदेशी अगरबत्ती आयात प्रतिस्थापन गर्ने कम्पनीको दाबी



काठमाडौं। सामाजिक उत्तरदायित्व अन्तर्गत अगरबत्ती बनाएर विदेशी अगरबत्तीलाई प्रतिस्थापन गर्न जुटेको सूर्य नेपालले मंगलदीप त्रिसारा अगरबत्ती बजारमा ल्याएको छ।

सुर्य नेपालले हालै बजारमा ल्याएको त्रिसारा अगरबत्तीको हरेक काँटीमा मनमोहक सुगन्ध रहेको कम्पनीले दाबी गरेको छ।

जिपलक प्याकमा उपलब्ध हुने त्रिसारा अगरबत्तीको प्याकमा १८० काँटी राखिएका छन्।

जिपलकले गर्दा काँटीको गुणस्तरीयता, सुगन्ध लामो समय सम्म टिक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलदीप नामबाट विभिन्न अगरबत्ती बनाएर बिक्री गर्दै आएको छ ।

सुर्य नेपालले नेपालमा अगरबत्ती उत्पादन गरेर अगरबत्तीको अवैध आयातलाई रोक्ने तथा राजस्व वृद्धिमा सघाउने उद्देश्य रहेको जनाएको छ।

बजारमा नयाँ ल्याईएको त्रिसारा अगरबत्तीको मूल्य सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको