१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

नेपालमा कोरोनाबाट वृद्धवृद्धाको मृत्युदर बढी, बालबालिका पनि जोखिममा



काठमाडौं । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ जनाको मृत्यु भएको छ । यो ८ प्रतिशत हो । यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन् । तीमध्ये ३ जना (०.३५ प्रतिशत) को मृत्यु भएको छ । ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो । कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो । त्यो सच्चिनुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा सुरेश तिवारीले भने, ‘बालबालिकालाई सुरक्षित राख्न अभिभावकीय कर्तव्य हुनुपर्छ। जनस्वास्थ्यका दृष्टिले यो विशेष सन्देश हो ।’

वृद्धवृद्धामा भने रोग प्रतिरोधात्मक क्षमता नै न्यून हुन्छ । ‘संख्यात्मक हिसाबले २ जनाको मृत्यु भए पनि अन्य उमेरसमूहभन्दा यो उच्च मृत्युदर हो । ६० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्यलाई ख्याल गर्दा मानवअधिकारभन्दा पनि जनस्वास्थ्य अधिकारका दृष्टिले पनि हेरिनुपर्छ’, डा तिवारीले भने, ‘यो उमेरसमूहमा मृत्युदर अधिक छ । सरकार र नागरिकले विशेष रूपमा ध्यान दिन जरुरी छ ।’ लक्षणसहितको संक्रमितबाट वृद्धवृद्धामा रोग सर्‍यो भने त्यसले मृत्युदर अझ बढाउने उनको भनाइ छ ।

६१ वर्षमाथिको समूहमा संक्रमण न्यून देखिन्छ । तर, मृत्युदर बढी छ । ६१ देखि ७० वर्ष समूहमा ११ जनाको ज्यान गएको छ । यो समूहमा ३ सय १० जना संक्रमित छन् । यो झन्डै ३‍.२३ प्रतिशत हो । ७१ देखि ८० वर्षसम्मका ५ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा ९४ जना संक्रमित छन् । मृत्युदर ३.१९ प्रतिशत हो ।

संक्रमितको संख्याका दृष्टिले ६० भन्दा कम उमेर समूहका व्यक्ति धेरै छन् । डा तिवारीका अनुसार चलायमान उमेर समूहका व्यक्तिलाई कोरोना संक्रमण बढी देखिएको हो । यो समूहका व्यक्ति चलायमान हुने हुँदा संक्रमण र मृत्यु संख्यात्मक रूपमा बढी देखिएको उनको भनाइ छ ।

२१ देखि ३० वर्षसम्मका झन्डै ९ हजार संक्रमित छन् । यीमध्ये ७ जना (०.०८ प्रतिशत) को ज्यान गएको छ । यसैगरी ३१ देखि ४० वर्षसम्मका ५ हजार संक्रमित छन् । यीमध्ये ६ जना (०.१२ प्रतिशत) को मृत्यु भएको छ । ४१ देखि ५० वर्षसम्मका संक्रमितमध्ये १८ जना (०.६२) को ज्यान गएको छ ।

यो समूहका संक्रमितको संख्या २ हजार २ सय ६४ छ । ५१ देखि ६० वर्ष उमेर समूहमा ११ जनाको मृत्यु भएको छ । यो समूहमा ८ सय ७९ जना संक्रमित छन् । यो मृत्युदर १.२५ प्रतिशत हो । ११ देखि २० वर्षसम्मका ३ हजार २ सय ३९ संक्रमित छन् । यीमध्ये २ जना (०.०३ प्रतिशत) को ज्यान गएको छ।

कोरोना समुदायमा फैलिएको अवस्थामा स्थिति भयावह हुने विज्ञको भनाइ छ । जनस्वास्थ्यविद् डा समीरमणि दीक्षितका अनुसार कोरोना संक्रमण समुदायको तहमा फैलिसकेको छैन । ‘अहिलेको संक्रमण केही केही ठाउँमा फैलिएको हो, जुन क्षेत्रका रूपमा देखिएको छ’, डा दीक्षितले भने।

नेपालमा संक्रमणको पछिल्लो अवस्थालाई विश्वका अन्य मुलुकसँग तुलना गर्दा मृत्युदर न्यून छ । हालसम्म २१ हजार ७ सय ५० जनामा संक्रमण भइसकेको छ । जसमध्ये ६५ जनाको ज्यान गएको छ । यो ०.३ प्रतिशत हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रति १० लाख जनसंख्यामा मृत्यु २.२३ प्रतिशत छ । कोरोनाबाट मुक्त हुनेको दर भने ७०.५७ प्रतिशत छ ।

डा तिवारीका अनुसार वृद्धवृद्धामा कोरोना संक्रमण भएको अवस्थामा यसले धेरैको ज्यान लिन सक्छ । ‘छिमेकी मुलुक र विश्वको परिवेशमा तुलना गर्दा नेपालको मृत्युदर कम देखिन्छ । तर, नेपालकै तथ्यांक हेर्ने हो भने ६० वर्षमाथिका वृद्धवृद्धामा ध्यान दिनुपर्ने जरुरी छ । सबै उमेरसमूहमा संक्रमण भए पनि बालबालिकालाई अझ बढी ध्यान दिनुपर्ने अवस्था देखिएको छ’, उनले भने । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : १३ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा