२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?



काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

त्यस्तै रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई राखिएको छ ।

आगामी टी-२० विश्वकपमा भारत समुह ए मा रहेको छ । समुह ए मा भारतसहित पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् ।

विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ३५ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य