२९ भदौ २०८३, सोमबार | September 14, 2026

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी



बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिएका शालिकराम अधिकारी प्यानल सहित विजयी भएका छन् । बहालवाला अध्यक्ष सहित दुई पटक अध्यक्ष भइसकेको महासचिव शंकर पोखरेल प्यानलका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै अधिकारी प्यानल सहित विजयी भएका हुन् ।

अत्यन्त प्रतिस्पर्धाकाबीच १० मतको अन्तरले अधिकारी अध्यक्ष पदमा विजयी भएका छन् । अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले भने १७० मत मात्र प्राप्त गर्न सकेका छन् ।

अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल सहित लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा पोलिटब्यूरो सदस्य लीला गिरी तथा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको साथ रहेको बताइएको छ । गिरी पछिल्लो सांगठानिक जिम्मेवारीमा बर्दियाका इन्चार्ज समेत हुन् ।

श्रेष्ठलाई जिताउने योजना सहित महासचिव शंकर पोखरेल जिल्ला अधिवेशन उदघाटन गर्न बर्दिया पुगेका थिए ।

निर्वाचन परिणाम अनुसार एमाले बर्दिया उपाध्यक्षमा दुर्गा वली १७९ मतका साथ विजयी भएका छन् भने सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् ।

उपसचिवमा लहनु थारू (१७८), अर्को उपसचिवमा संगीता थारू (१८८) मतका साथ विजयी भएका छन् । नयाँ नेतृत्वका लागि बुधबार रातभर भएको मतदानआज बिहान ६ बजे मात्र सकिएको थियो ।

नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनाएर निर्वाचनमा गएका थिए। अघिल्लो निर्वाचनमा श्रेष्ठले अगामी अधिवेशनमा अध्यक्षमा अधिकारीलाई समर्थन जनाउने सहमति गरेको भएपनि यसपटक पनि उम्मेदवार बनेपछि अधिकारीले श्रेष्ठको विरुद्ध उम्मेदवारी दिएका थिए ।

अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकोमा ३६१ जनाले मतदान गरेको प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले बताए ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  २ : १५ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७