१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु



टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको बालबच्चा स्याहार सुसार गर्नु वा ज्यान नै जोखिममा राखेर कारखाना र निर्माण कम्पनीहरुमा काम गर्नु भन्दा स्वाभिमानका साथ स्वदेश मै पनि पेशा गर्न सकिन्छ भन्ने उदाहरण कैलालीको टिकापुरका युवाहरुले देखाएका छन् । कैलालीको टिकापुर पार्क घुम्न आउने अवलोकन कर्ताहरुलाई खुसी बनाएर ती युवाहरुले नेपाल मै पनि रोजगारीको प्रसस्त सम्भावना भएको संकेत प्रस्तुत गरेका छन् ।

टिकापुरका १९ वर्षिय एलक्स डगौरा स्थानीय टिकापुर बहुमुखी क्याम्पस (टीएमसी)मा स्नातक गर्दैछन् । बिहान कलेज पढ्ने डगौरा, दिनभरी भने टिकापुर पार्कमा भेटिन्छन् । पार्क घुम्न आउनेहरुसँग रमाइलो गर्दै उनले आफ्नो पेशा चलाएका छन् । अवलोकन गर्न आउने पर्यटकको फोटो खिचिदिने उनको पेशा बनेको छ ।

हरेक दिन १० देखि १६ जना पर्यटकसँग संगै घुम्छन् र उनीहरुको फोटो सेसन गरिदिन्छन् । पार्क घुम्न आउने पर्यटकहरु सबैले भने फोटो खिचाउँदैनन् । आउने मध्यका केही पर्यटकले ५ देखि १५-२० वटा सम्म फोटो खिच्छन् । ‘५ देखि २० जना सम्मले प्रति ब्यक्ति ५ देखि २०-२५ वटा सम्म फोटो खिचाउँछन्,’ डगौराले भने, ‘उनीहरुले खिचेको फोटो सिधै मोबाइलमा र वाट्सएपमा पठाइदिन्छौं ।’

डगौराका साथी नैन चौधरी पनि टीएमसीका विद्यार्थी हुन् । उनको पनि पछिल्लो केही महिना देखिको दिनचर्या बिहान कलेज र दिनभरी पार्क घुम्नु बनेको छ । उनले पनि हरेक दिन औसत १५ जनाको फोटो खिचिदिन्छन् र प्रत्यक दिन १ हजार देखि १५ सय सम्म आम्दानी गर्छन् । फोटो खिचिदिएको आम्दानीबाटै उनले आफ्नो पकेट मनि र कलेजको शुल्क तिर्न सकेका छन् । नैनका लागि बुवा आमाले कलेज शुल्क तिरिदिनु नपर्ने भएको छ । ‘बुवा आमाले मागे त दिनु हुन्छ, तर मैले माग्दिन,’ उनी भन्छन्, ‘लगभग आफ्नो खर्च फोटो खिचेरै उठिरहेको छ, किन माग्नु पर्यो र ?’

टिकापुरकै दीपेश चौधरी र क्ष्तििज चौधरीको पनि पेशा डगौरा र नैनकै जस्तो गरि चलेको छ । उनीहरु कलेजको पढाईसँगै घरमा पनि सानातिना काम गर्ने गर्छन् । तर जव फुर्सद हुन्छ, आफुले किनेको एसएलआर बोक्छन् र पार्क आइपुग्छन् । टिकापुर पार्कमा पर्यटनको फेटो खिचेर जिविकार्जन गर्न १२ देखि १५ जना युवाहरु रहेका छन् । यनीहरुले विदेशीनु भन्दा एक थान क्यामरा किनेर फोटो खिचिदिने पेशालाई उपर्युक्त थान्छन् । दिनभरी फाल्तु बस्नु भन्दा फोटो खिचेर पकेट मनि उठ्छ भने किन नगर्ने भने पार्कमा फोटो खिच्ने काम गरेको स्थानीय क्षितिज चौधरीले बताए ।

उनीहरुसँग लगानीका नाममा ६० हजार देखि १ लाख सम्म पर्ने डीएसएलआर क्यामेरा छ र हरेक दिन पार्क प्रवेश गर्दा क्यामेरा बापतको कर तिर्नु बाहेक अन्य लगानी लाग्दैन । डिजिटल जमाना भएकाले फोटो बनाएर दिनु पनि पर्दैन । सेयरइट, भाइबर, वाट्सएप वा मेसेन्जरबाट सेवाग्रागीलाई पठाइदिएपछि उनीहरुले प्रति फोटो २० रुपैयाँ लिन्छन् । पार्क आउने मध्य धेरैका हातमा गुणस्तरिय क्यामेरा भएका मोबाइल हुने भएकाले थोरैले मात्र फोटो खिचाउने गरेको फोटो ग्राफर दीपेश चौधरीले बताए । ‘धेरैको हात हातमा मोबाइल हुन्छ, त्यसैबाट खिच्छन्, कसैकसैले मात्र हामीबाट फोटो खिचाउँछन् ।’ उनले भने ।

विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएपछि नै टिकापुर पार्कको परिकल्पना गरिएको थियो । लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधार टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको हो । नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा पार्कको स्तर उन्नतीमा पर्याप्त लगानी हुनसकेको छैन ।

टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौँ रुपैयाँ लागतका पूर्वाधार खडा गरेको हो । तत्कालिन राजा महेन्द्र गम्भीर बिरामी पर्दा चिकित्सकको सल्लाहमा टिकापुर पार्कमा आएर लामो समेय बसेको र बिरामी अवस्थामा पार्क भित्रैबाट राजकाज चलाएको भनिन्छ । पार्कमै बसेर महेन्द्रले स्वास्थ्य लाभ लिन सफल भएपछि मात्र काठमाडौं फर्केको टिकापुरका पत्रकार टेक सोंडारीले बताए । उनले त्यही समयबाट महेन्द्र बसेको स्थानको नाममा महेन्द्र आरोग्य गृह बनाईएको उनले बताए ।

पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ । करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउण्टर, पिकनिकस्थल बस्ने चौतारीलगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ५८ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा