५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ज्यान मार्ने उद्योगमा अदालतले फैसला गरे लगत्तै फरार रोमन प्रहरी नियन्त्रणमा



नेपालगन्ज । ज्यान मार्ने उद्योग अन्तर्गत अदालतबाट कैद सजाय सुनाईए पछि फरार रहेका एकजनालाई बाँके प्रहरीलेले पक्राउ गरेको छ ।

२०७२ सालमा भएको फैसला पछि लगातार फरार रहेका बाँकेको डुडुवा गाँउपालिका ५ दलैपुरका २२ वर्षिय रोमन क्षेत्रीलाई पक्राउ गरीएको जिप्रका बाँकेका प्रवक्ता तथा प्रहरी नायक उपरिक्षक सुवास खड्काले जानकारी दिएका छन् ।

२०७२ साल भदौ ५ गते जिल्ला अदालत बाँकेले ५ बर्षको कैद सजाए सुनाए लगत्तै क्षेत्री फरार भएका थिए । सोही घटनामा संलग्न डुडुवा गाँउपालिका ५ दलैपुरका त्रानु बोहोरा र भिम बहादुर विकलाई भने प्रहरीले फैसला भएलगत्तै पक्राउ गरेको थियो । घटनामा संलग्न रोमन क्षेत्री, ललित क्षेत्री र देब बहादुर बुढा क्षेत्री फरार भएका थिए । जसमध्ये प्रहरीले रोमन क्षेत्रीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा बुझाएको छ भने ललित क्षेत्री र देब बहादुर बुढा क्षेत्री अझै फरार छन् । बोहोरा र विकले आफ्नो सजाय पुरा गरी रिहा भईसकेका छन् ।

बाँके प्रहरीले बिभिन्न मितिमा सजाँयको फस्ला भई फरार रहेका ब्यक्तिहरुको खोजि अभियानलाई तिब्र बनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ३६ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको