१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न



बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच समितिका संस्थापक उपाध्यक्ष तथा जेष्ठ नागरिक गोबिन्दकृष्ण कर्माचार्यले उद्घाटन गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कला, संस्कृतिमा महिलाहरुको योगदान रहेको तर्क दिदै समिति समानान्तर रुपमा लैगिक समानतासहित नमुना काम गरेको बताए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थापनाको १८ वर्षको अवधिमा नेवारी संस्कृति झल्काउने संखध्वर साख्वा सास्कृतिक भवन निर्माणसहित विविध कला, संस्कृति जगेर्ना र रचनात्मक कार्यहरु गर्न सफल भएको उनले बताए । अहिलेसम्म १ करोड ५० लाख रुपैया सम्पत्ति रहेको उनले बताए ।

 

कार्यक्रममा महिला समितिका अध्यक्ष तारा श्रेष्ठले नेवारी संस्कार र संस्कृति जगेर्नामात्र नभई महिलालाई अगाडी बढाउन महत्वपुर्ण योगदान गर्दै आएको बताईन । कार्यक्रममा आजिवन सदस्य कृष्ण कुमार श्रेष्ठले नेवारी भाषा र लिपि लोपोन्मुख हुँदै गैरहेको बेला यसको संरक्षणमा अघि बढाउन जरुरी रहेको बताए । नेपालको माडबाडीका रुपमा पहिचान बनाएका नेवार समुदाय पछिल्लोसमय पछि परेको उनले दुखेसो गरे।नीति निर्माण गर्ने स्थानसम्म पुग्ने गरि दिर्घकालिन सोचका साथ अगाडि बढाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, नेवा पुच नेवा सेवा समितिका अध्यक्ष काजिमान श्रेष्ठ, उद्योगी तथा समाजसेवी नवराज श्रेष्ठ, तिनाउ ईन्टरनेश्नल प्रालिका अध्यक्ष चिरञ्जीवी जोशी, निर्मल लाकौल, महेन्द्र नारायण श्रेष्ठ, लायन्स ईन्टरनेश्नल ३२५ का डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाङ, बसन्ती श्रेष्ठ, समितिका सचिव शारदा श्रेष्ठले संस्थागत विकास र योजनाबारे प्रकाश पारे ।

कार्यक्रममा समितिका कोषाध्यक्ष दल बहादुर श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन तथा अनुमानित आय, ब्यायको बजेट पेश गरेका थिए ।

कार्यक्रममा नेवा पत्रकार सत्य नारायण मानन्धरलाई सम्मान गरिएको छ । यसैगरि कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई सम्मान गरिएको थियो । यसैबिच समितिका एक दर्जन जेष्ठ नागरिकहरुलाई नगद र सम्मानपत्रबाट सम्मान गरिएको थियो । यसैगरि साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको रक्तदान कार्यक्रममा २० युनिट रगत संकलन भएको समितिका उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ४० बजे

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ