१ बैशाख २०८३, मंगलबार | April 15, 2026

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती



काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार आकस्मिक रूपमा बसेको बैठकले तीनवटै जिल्ला प्रशासन कार्यालयबाट दिँदै आएका महत्वपूर्ण सेवा कटौती गर्ने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले ती सेवाहरू आगामी २५ साउनदेखि ८ भदौसम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा संक्रमण तीव्र रूपमा बढ्दै गइरहेकाले जोखिम कम गर्न प्रशासन कार्यालयबाट दिइने सेवाहरू स्थगित गरिएको जानकारी दिए । जसअनुसार आइतबारदेखि नै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता वितरणसम्बन्धी सबै कार्य बन्द हुनेछन् ।

त्यसैगरी, बन्द गरिएका सेवाहरूमा हातहतियार दर्ता नवीकरणसम्बन्धी कार्य, संस्था तथा पत्रपत्रिका दर्तासम्बन्धी सबै कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण कार्य रहेका छन् । तर, शान्ति सुरक्षासम्बन्धी सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

यसैगरी, ठाडो निवेदन तथा उजुरीसम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यका सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । बढी संक्रमित देखिएका स्थानलाई सिलसमेत गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट दिइने केही सेवाहरू बन्द भए पनि अन्य सरकारी कार्यालयले भने सेवा प्रवाह जारी राख्नेछन् । नागरिकता तथा राहदानी बनाउने कार्यमा लागि प्रशासन कार्यालयमा धेरै व्यक्तिको भीड हु्ने र त्यसले संक्रमणको जोखिम बढाउन सक्ने भएकाले ती सेवाहरू तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ४१ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा