५ चैत्र २०८२, बिहिबार | March 20, 2026

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव



लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि एक अध्ययन प्रतिवेदन प्रस्ताव गरेको छ ।

लुम्बिनी विकास कोषद्वारा वैशाख ६ गते गठित सो अध्ययन समितिले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भएका अनियमित क्रियाकलापलाई व्यवस्थित गर्ने गरी तत्काल कार्यान्वयन गर्न १२ बुँदे योजना कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईलाई बुझाएको हो ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दिन खाँनले लुम्बिनीको पवित्रता र सम्पदास्थलको संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रतिवेदनमा विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिरलाई अनधिकृत फेरबदल वा पुनर्निर्माणबाट जोगाउनुपर्नेमा जोड दिइएको उनले बताए ।

यसबाहेक, समितिले धार्मिकस्थलमा आध्यात्मिक अभ्यासहरू प्रवद्र्धन गर्न नियमित पूजा उपासनाको कार्यक्रमहरू प्रस्ताव गरेको समितिका अर्का सदस्य मेघनाथ आचार्यले बताए । “यसले लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक वातावरण कायम राख्न कार्यविधि बनाई लागू गर्नुपर्नेमा जोड दिएको छ”, उनले भने, “समितिले उत्खननका समय मन्दिर परिसरभित्र रहेका बहुमूल्य धार्मिक तथा सांस्कृतिक कलाकृतिहरूको खोज तथा संरक्षण गर्न आग्रह गरेको छ ।

संवत् २०६२ को रिट नं २४५४ उत्प्रेषणयुक्त प्रतिशोध परमादेश मुद्दामा भएको सर्वोच्च अदालतको आदेशबमोजिम मायादेवी मन्दिर प्रवेश शुल्क हटाउने गरी आम्दानीका वैकल्पिक उपाय खोज्न बुँदा नं ६ मार्फत समितिले सुझाव दिएको छ ।

त्यसैगरी, लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पञ्चशीलका सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्न पनि लुम्बिनी विकास कोषको कार्यकारिणी समितिलाई सिफारिस गरेको छ ।

ध्वनि प्रदूषण न्यूनीकरणका लागि समितिले गुरुयोजना क्षेत्रभित्र ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने र ठूला सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसले स्थानीय लुम्बिनी सांस्कृतिक नगरपालिकालाई आम्दानीको १० प्रतिशत रकम सामुदायिक विकासका लागि विनियोजन गर्न सिफारिस गरेको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बुद्धजन्मस्थल लुम्बिनीको संरक्षण तथा प्रवद्र्धनका लागि अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा लुम्बिनीको दिगो विकास र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ५४ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको