१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा



नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा काँग्रेस बाँके क्षेत्र नं–१ का सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ । केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ लौकीस्थित निवासमा नेपाल प्रेस युनियन बाँकेले श्रद्धाञ्जली सभा गरेको हो ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाका बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले मृत आत्मप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

सभामा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी लगायतले समवेदना प्रकट गरेका थिए । श्रद्धाञ्जली सभामा स्वर्गीय केसी र परिवारका बारेमा परिवारका तर्फबाट सामाजसेवी भिमार्जुन देवकोटाले बोलेका थिए ।

सभामा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औंसीको दिन उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगन्ज निधन भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ९ : ३० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा