२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दैं



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले आज बुधबार बिहान ११ बजे बैठक डाकेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

यसका साथै लामिछानेले प्रतिशोधका आधारमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको विषयमा पनि बैठकमा कुरा उठ्ने बताइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ३३ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।