२३ श्रावण २०८३, शनिबार | August 8, 2026

संघीय संसदको दुवै सदनको बैठक आज बस्दै



काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ भने राष्ट्रियसभाको बैठक अपराहन्न १:१५ बजेदेखि बस्दै छ ।

आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ ।

त्यस्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

संसदको बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन ।

कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने बताइएको छ । कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ । कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : १० बजे

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,