२६ बैशाख २०८३, शनिबार | May 10, 2026

न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक हुन् : प्रधानन्यायाधीश



धुलिखेल । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यापालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक भएको बताएका छन् ।

सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘अदालती रिपोर्टिङ र सञ्चार माध्यम’ विषयक कार्यशालाको उद्घाटन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको संवेदनशीलतालाई बुझेर गरिने यथार्थपरक, सत्यतथ्य र व्यावसायिक पत्रकारिताले न्यायपालिकाको विश्वसनीयताका साथै जनआस्था वृद्धि हुने विश्वास व्यक्त गरे ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको उल्लेख गर्दै अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउन आवश्यक रहेको बताए । उनले अदालती रिपोर्टिङमा राजनीतिक विषयलाई छुट्टयाउन चुनौती रहेको भन्दै अदालतको संवेदनशीलतालाई बुझेर यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

मञ्चका अध्यक्ष कालिका खड्काले न्यायालयका सूचना सम्प्रेषणलाई सत्य तथ्य र यथार्थपरक बनाउन व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला राखिएको बताइन् । कार्यशाला दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ९ : ३५ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु