१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

प्रेस युनियनको स्थापना दिवसमा नेपालगन्जमा फुटसल, आइतबार स्वास्थ्य शिबिर



नेपालगन्ज । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा शनिबार नेपालन्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ ।

नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो खेलमा महिला पत्रकार र महिला उधमीबीच भएको खेलमा दबै टोलीले एक एक गोल गरेका थिए । महिला पत्रकारकोे तर्फबाट खेलको पहिलो हाफमा साबित्री गिरीले गोल गरेकी थिइन् । यस्तै खेलको दोस्रो हाफमा महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गरिन् ।

यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँके आवद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७-० ले हराएको छ ।

शनिबार बिहान नेपालगन्ज आदर्शनगरस्थित बागेश्वरी फुटसल एण्ड स्पोटर्स हबको खेल मैदानमा भएको खेलमा दोस्रो खेलमा स्वास्थ्यकर्मीको तर्फबाट डा.शुविन साहुले २ गोल, डा.शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १-१ गोल गरेका थिए ।

मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै सभापति गौडेलले प्रेस युनियनको वर्तमान कार्यसमितिले सुरुआतदेखि रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिए ।

युनियनको स्थापना दिवसको अवसरमा सम्पुर्ण पत्रकारहरुलाई शुभकामना दिदै सभापति गौडेलले भने, ुयुनियनले थुप्रै सामाजिक काम गरेको छ । समाजमा सकारात्मक सन्देश दिएको छ । यो कार्यसमिति निकै क्रियाशिल छ । तपाईहरुको साथमा नेपाली कांग्रेस बाँके सधै रहनेछ । मैत्रीपुर्ण फुटसलले आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नेछ । यस्ता कार्यले नयाँ उत्साह, उमंग र उर्जा थप्ने काम गर्छ ।ु

नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकालले मैत्रीपुर्ण फुटसलले पत्रकारहरुलाई स्वस्थ राख्न सहयोग गर्नुका साथै आपसमा सम्बन्ध विस्तार गर्नमा सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो ।

स्थापना दिवसकै अवसरमा आइतबार युनियन बाँके शाखाले जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको युनियन बाँके सचिव भीष्म लोधले जानकारी दिए ।

नेपालगन्जको गणेशमान चोकमा रहेको लक्ष्मी सरस्वती पोलिक्लिनिकको सहकार्यमा बिहान ७ बजेदेखि बाँकेका सम्पूर्ण पत्रकारहरूको मृगौला रोग बिशेषज्ञ डा.शौरभ हमालले स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । शिविरमा सम्पूर्ण पत्रकार सहभाागि हुन सचिव लोधले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ५ : ४८ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि