२२ भदौ २०८३, सोमबार | September 7, 2026

‘एक हातमा उच्च शिक्षाको प्रवेश पत्र र अर्को हातमा बिदेश जाने पासपोर्ट बोक्ने प्रबृत्तिको अन्त्य हुन जरुरी’



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले एक हातमा उच्च शिक्षाको प्रवेश पत्र र अर्को हातमा बिदेश जाने पासपोर्ट बोक्ने प्रबृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका छन् । मनत्रालय अन्तर्गत प्रदेश युवा परिषदले नेपालगन्जमा आयोजना गरेको योजना तर्जुमा प्रक्रियामा युवाको सवाल विषयक कार्यशालामा बोल्दै मन्त्री खत्रीले मुलुक भित्रै युवाले भविश्य देख्ने गरि नीति र कार्यक्रम बनाइनु पर्ने बताए ।

उनले गाउँका दुरदराजमा बालबालिका र बृद्धहरु मात्र रहने संस्कृतिको अन्त्य गर्न तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी दिए । बिगत नदेखेका युवाहरुमा नेपालमा केही भएको छैन भन्ने सोँचको विकास भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा युवा मैत्री नीति आउने बताए । उनले आगामी नीति तथा कार्यक्रममा थोरै बिद्यालय धेरै बिद्यार्थीको नीति ल्याउने र थोरै बिद्यार्थी भएका बिद्यालयहरुलाई गाभ्ने गरि कार्यक्रम ल्याइने जानकारी दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा. बिनोद ढकालले शिक्षामा विश्वबिद्यालयबाट दिक्षित भए लगत्तै मुलुक बाहीर जाने सोँचको विकास गरिनु नहुने बताए । उनले शिक्षामा स्वदेशमै स्व(रोजगारको विश्वास दिलाउने नीति बन्न आवश्यक रहेको बताउँदै शिक्षाले उद्यमशिलता सिकाए युवामा बिदेश जाने चाहनामा कमी आउने विचार व्यक्त गरे ।

कार्यशालामा लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द खत्री, सदस्य रिया बस्नेत क्षेत्रीलगायतले राज्यसँग युवा मैत्री नीति नहुँदा युवाहरु बिदेश पलायन हुने गरेको बताएका थिए । कार्यशालामा सहभागी युवा सम्बद्ध संस्थागत प्रतिनिधित्व गर्ने युवा अगुवाहरुले राज्यले अवलम्बन गर्नुपर्ने युवा नीतिका बारेमा सुझाव दिएका थिए । कार्यशाला नेपालगन्ज घोषणापत्र जारी गर्दै आजै सम्पन्न भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : ३८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा