१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन



नवलपुर । दुई दिनदेखि अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए ।

दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ८ : २९ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर