२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी



जुम्ला । कोरोना भाइरसका संक्रमितहरु निरन्तर बढ्दै गएपछि जुम्लाको सदरमुकाममा निषेधाज्ञा लगाइएएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लालाले आइतबार दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि सदरमुकाम रहेको चन्दननाथ नगरपालिका र तिला गाउँपालिकाको केही क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षण प्रतिवेदन अनुसार चन्दननाथ नगरपालिका तथा तिला गाउँपालिकाका वासिन्दामा कोरोना भाइरसको संक्रमण देखिएकोले निषेधाज्ञा लगाउनुपरेको प्रशासनले जिकिर गरेको छ ।

कोरोना संक्रमण समुदायस्तरसम्म फैलिनसक्ने भएका कारण चन्दननाथ नगरपालिकाको पूर्वमा दानासाँघु, पश्चिममा उमागढ, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय तथा दक्षिणमा तिला नदीमम्म निषेधाज्ञा लगाइएको छ ।

यसैगरी तिला गाउँपालिकाको वडा नं. ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्ला क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञा लगाइएको क्षेत्रमा औषधी पसल र स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण क्रियाकलापमहरु पूर्ण रुपमा बन्द गर्न आदेश दिइएको छ ।

संक्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : २२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष