१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा पुन: डा.ढकाल



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुन: डाक्टर इन्द्र ढकाल नियुक्त हुने भएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकालले यसअघि समेल प्रादेशिक अस्पतालको मेसुको रुपमा रहेर उल्लेख्य सुधारका काम गरेका थिए । बैठकले प्रदेश सरकार मातहतमा रहेका अन्य अस्पतालहरुको प्रमुखहरुको समेत सरुवा समेत गरेको छ । जस अन्तरगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।

भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डाक्टर सकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ७ : ०४ बजे

रास्वपा सभापति लामिछाने भारत पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष

नेपालगन्ज । कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेलले ‘ठेकी स्वादको मही’

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको