२२ भदौ २०८३, सोमबार | September 7, 2026

म्यानमारकी अभिलासाले जितिन एनआरएनए विश्वव्यापी वक्तृत्वकला प्रतियोगिता, रसियाकी समिरा दोस्रो, बेलायतकी टिया तेस्रो



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकद्वारा आयोजित व्यक्तित्वकला प्रतियोगितामा म्यानमारकी अभिलासा खडिवडा पहिलो भएकी छिन् ।

खतिवडाले २९ देशका ६१ जना प्रतियोगीलाई पछि पार्दै पहिलो पुरस्कार हासिल गरेकी हुन् ।

‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतबार आयोजित प्रतियोगितामा रसियाकी समिरा केसीले दोस्रो स्थान हासिल गरिन् । यस्तै, बेलायतकी टिया आचार्यले प्रतियोगितमा तेस्रो स्थान प्राप्त गरिन् ।

कार्यक्रममा चौथौं स्थान जस्मिन सायद (साउदी अरब), र सुहिम थापा (नाइजरीया) ले प्राप्त गरे । दंग तिमिल्सीना (थाइल्याण्ड) ले सान्तोना पाँचौ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले साठी हजार, तेस्रो हुनले चालिस हजार नगद र प्रमाणपत्र सहित पुरस्कार जितेका छन् । अन्य प्रतियोगिले तीस तीस हजारको नगद पुरस्कार प्राप्त गरे ।

यस्तै, प्रतियोगितमा १३ वर्षभन्दा मुनिका प्रतियोगीका मध्यबाट दिव्या ढकालले लिटल मास्टरको टाइटल हासिल गरिन् । कार्यक्रममा कुन्जन बोहोराले एनआरएन राइजिङ स्टारको टाइटल प्राप्त गरे ।

‘राष्ट्रका लागि मेरो सपना’ शीर्षमा आयोजित प्रतियोगिताको उद्घाटन एनआरएनए अध्यक्ष कुमार पन्तले गरेका थिए ।

पन्तले नेपालभन्दा बाहिर ८० लाख नेपाली भएको अर्को नेपाल रहेकोे बताए । उनले गैरआवासीय नेपाली संघको अभियान देखिनै दोस्रो पुस्तालाई नेपालसँग जोड्न चाहेको वताए ।

सिर्जना पाण्डेले राष्ट्रिय गीतबाट सुरु गरेको कार्यक्रममा एनआरएनए उपाध्यक्ष सोनाम लामाले प्रतियोगिताका निर्णायक मण्डललाई स्वागत गरेका थिए ।

अर्का उपाध्यक्ष रविना थापा, क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठ, कार्यक्रम संयोजक दिपक कँडेल, एसिया प्यासिफिक महिला कोअर्डिनेटर अमृता थापा, डिआरसी खगेन्द्र न्यौपाने र युवा संयोजक हिमाल गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

निर्णायक मण्डलमा प्रकाश सायमी, सन्दीप खत्री, समा थापा, सदीक्षा श्रेष्ठ तथा विशेष अतिथि भूषण दाहाल रहेका थिए । कार्यक्रमको संचालन पारसमणी पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ३८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा