७ पुस २०८२, सोमबार | December 22, 2025

बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री साहको संयोजकत्वमा समिति गठन



खोटाङ । खोटाङको दिक्तेल बजारमा आगामी कात्तिकमा हुने राष्ट्रिय बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ । काठमाडौंमा आज आयोजित सरोकार भएकाहरूको भेलाबाट पूर्व वन, वातावरण तथा प्रविधिमन्त्री साहको संयोजकत्वमा समिति गठन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

भेलाले बाँस उद्योग सञ्चालन र पर्यावरण संरक्षण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा सम्मेलन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहने छ । पूर्वमन्त्री साहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थासँग समन्वय गर्नुहुन्छ”, भट्टराईले भने । बाँसको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईले सम्मेलनका लागि सहजीकरण गरिरहेका छन् ।

आजको छलफलमा नेपालमा बाँसको अवस्था, महत्व, उपयोगिता र प्रवर्द्धनमा सरकारले खेल्नुपर्ने भूमिकाको विषयमा विज्ञहरूले आ–आफ्नो धारणा राखेका थिए । भेलामा पूर्वमन्त्री कल्याणी साह, काठमाडौँ विश्वविद्यालयका बाँसविज्ञ डा विष्णुमाया केसी, काठमाडौँ वन विज्ञान क्याम्पसका उपप्राध्यापक ड हिमलाल श्रेष्ठ, बाँस अनुसन्धानविज्ञ सन्तोष दाहाल, बाँस व्यवसायी प्रणव श्रेष्ठ, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा चिरञ्जीवी भट्टराई, नवकिरण ऊर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाललगायतको उपस्थिति रहेको थियो । भेलामा बाँसको विकास, व्यावसायिकता तथा बाँस उद्योगमा रोजगारी सिर्जना गरेर नागरिकलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा छलफल भएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्रीको प्रवर्द्धन गर्दै आएको छ । उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ भने उत्पादित सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ । नगरप्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा बाँसकै फर्निचर प्रयोग गरेका छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : २० बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले