१७ असार २०८३, बुधबार | July 1, 2026

बुटवलमा जेठ २९ गते रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सीको ‘युके युनिभर्सिटी एड्मिसन डे’ हुदैं



बुटवल । बुटवलमा जुन ११ अर्थात जेठ २९ गते रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सी प्रा. लिको सेप्टेम्बर ईन्टेक लक्षित ‘युके युनिभर्सिटी एडमिसन डे’ हुने भएको छ । बृटिस एजुकेसनलाई प्रमोट गर्ने गरि युके स्पेशलिष्ट एजुकेसन सेवा दिदै आएको रियल ड्रिम्स् एजुकेशन कन्सल्टेन्सीले नयाँ व्यवस्थापनसहित जेठ २९ गते विद्यार्थीहरुलाई ‘युके युनिभर्सिटी एडमिसन डे’गर्ने भएको हो ।

२१ वर्ष देखि युके (लण्डन) मा अध्ययन गर्ने विद्यार्थीहरुमा सेवा दिदैं आएको रियल ड्रिम्स् एजुकेशन कन्सल्टेन्सी बुटवलमा आठ वर्ष देखि सेवा दिदै आएको छ । बुटवलको कालिकानगरमा रहेको रियल ड्रिम्स् एजुकेशनले आफ्नै कार्यालयमा आयोजना गर्न लागेको ‘एडमिसन डे’ मा युकेको चर्चित विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने रियल ड्रिम्सका म्यानेजिङ्ग डाईरेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार ‘एड्मिसन डे’मा युकेको योर्क सेन्टजोहन युनिभर्सिटी, युनिभर्सिटी अफ वर्सेस्टर, युनिभर्सिटी अफ इस्ट लण्डन, युनिभर्सिटी अफ क्रियटिभ आर्ट र युनिभर्सिटी कलेज बर्मिङ्घम अन्तरगतका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

यसैगरि अन्य विश्वका विभिन्न देशमा ४२ वटा विश्वविद्यालयसंग आवद्ध रहेको समेत पौडेलले जानकारी दिए । काठमाडौं, चितवन, बुटवल र अस्ट्रेलियामा समेत शाखा रहेको रियलको २९ गते अब आउदो सेप्टेम्बर ईनटेक बारे, भिसा र कोर्षको नयाँ अपडेट जानकारी दिईने बताए । विशेष ईभेन्टमा कोर्षका बारेमा जानकारी, अभिभावकहरु प्रक्रिया र विश्वविद्यालय छनौटमा प्रत्यक्ष सहभागी हुन पाउने उनले बताए । ‘हामीले २ सय विद्यार्थी आउने आकलन गरेका छौ ।’-पौडेलले भने ।

सेप्टेबर र जनवरी दुई ईन्टेकमा जानेमा अग्रेजीमा राम्रो र तयारी गरेर मात्र पठाइन जरुरी रहने उनले बताए । ‘नेपालका केही कन्सल्टेन्सीले ३ महिनाको, ६ महिनाको ट्युसन फि तिर्न लगाएर युके पठाएको देखिन्छ ।’, उनले भने, ‘त्यो गतल हो । युके अध्ययनका लागि जाने देश हो । त्यहाँ ब्याचलर गर्न जाने हो भने एक वर्षको ट्युसन फि र मास्टर गर्न जाने हो भने पुरै ट्युसन फि पठाउन लगाउनुपर्छ । नत्र विद्यार्थीले धेरै दुःख पाउँछन् ।’

रियल ड्रिम्सले आज काठमाडौंको पुतलीसडकस्थित आफ्नै कार्यालयमा ‘युके युनिभर्सिटी एडमिसन डे’ सम्पन्न गरेको छ भने जु १३ पोखरा र जुन १५ चितवनमा एडमिसन डे हुने जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : ५६ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश